दफा ९६
नवीकरण नहुने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले दफा ९३ बमोजिमको दायित्व पालना नगरेको कारणले सो हैसियतमा रही कार्य गर्न अयोग्य देखिएमा वा बीमितको गम्भीर हानि भएको प्रमाणित भएको खण्डमा निजको इजाजतपत्र नवीकरण हुने छैन।